तुलसीपुर सुरक्षित छैन भन्ने प्रमाण के हो: प्रहरी प्रमुख मल्ल

तुलसीपुर, १९ फागुन । तुलसीपुर असुरक्षित नभएको इलाका प्रहरी कार्यालय तुलसीपुर पहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । उनले तुलसीपुर सुरक्षित रहेको प्रमाण आफु संग भएको बताए । उनले तुलसीपुरलाई असुरक्षित भएको भनि प्रचार हुने गरेको भन्दै यो गलत भएको बताए ।‘म आएको ६ महिना भयो, तुलसीपुरमा हत्या, हिंसा, बलात्कार, दिन दहाडै गोली प्रहार जस्ता घटना छैनन”,उनले भने“ २ सय दिनसम्म त्यस्तो घटना नभएमा तुलसीपुर सुरक्षित छ, भन्ने प्रमाण हो ।” अहिले तुलसीपुरमा आएमा विदेशी पाहुना आए पनि असुरक्षित भएको भन्दै बास बस्न नमान्ने भन्दै त्यसो नगर्न समेत आग्रह गरे । तुलसीपुर सुरक्षित रहेको भन्दै त्यस्को ग्यारेन्टी आफुले लिने बताए ।

तुलसीपुर नगर जेसिजले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डीएसपी मल्लले यस्तो बताए । तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा डीएसपी मल्लले ६ महिनामा कुनै पनि संगठित अपराध नभएको बताए ।


उनले समुदायसंग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्ने समेत बताए । मल्लले लागु औषध दुब्र्यसनी रोक्नकालागि अभियान चलाएको समेत बताए । जेसिज तुलसीपुरले ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले जेसिजले ट्राफिक सचेतनाकालागि गरेको कार्य प्रशंसनिय भएको बताए । त्यस अवसरमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुसाल,तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी,तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष केशबराज केसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम सयोजक केशबराज न्यौपानेले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा अध्यक्ष सल्लाहकार पूर्णबिक्रम डाँगीले आस्थापाठ बाचन गरेका थिए भने सहजीकरण महासचिव सन्दिप भुसालले गरेका थिए ।