अमिलिया–तुलसीपुर सडक खण्डमा साना गाडी मात्रै चले

तुलसीपुर, २७ भदौ । नियमितको बर्षादले गर्दा राप्ती लोकमार्ग अन्तर्गत दाङको अमिलिया–तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विहीबार साँझ साढे ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ चोक नजिकै रहेको सडक नाली नजिक कटान गर्दा आवतजावत अबरुद्ध भएको छ ।


साना सवारी साधनहरु एकतर्फी रुपमा आवतजावत गरिरहेको भएपनि ठूला गाडीहरुको आवतजावत ठप्प भएको छ ।