
तुलसीपुर, १५ असार । लाईन्स क्लब अफ दाङ र लियो क्लब अफ तुलसीपुरले मानव सेवा आश्रम तुलसीपुरमा आश्रितहरुलाई दहि च्यूरा खुवाएको छ ।
आईतबार दहि च्यूरा खाने दिनको अवसरमा तुलसीपुर स्थित आश्रममा आश्रितहरुलाई दहि च्यूरा खुवाईएको हो । लियो क्लब अफ तुलसीपुरका अध्यक्ष सत्य नारायण चौधरीको अध्यक्षता लाइन्स क्लब अफ दाङका अध्यक्ष गोरख वलीको प्रमुख आतिथ्य एवं पत्रकार दीपक बोहरा र क्लबका सचिब कोमल डीसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम गरि दहि च्यूरा खुवाईएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि वलीले समाजसेवा भनेको न्यून बर्गका नागरिकमा हुने भन्दै आफूहरुले साहारा विहीन अबस्थामा रहेका आश्रितहरुलाई विशेष दिन मनाएको बताए ।
त्यस अवसरमा बिशिष्ट अतिथि बोहराले समाजसेवा भनेकै जहाँ अभाब हुन्छ, त्यहाँ गरिने बताए । सचिब डीसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण आश्रमका प्रमुख हिरु जोशीले गरेका थिए । त्यहाँ आश्रित ६५ जनालाई दहि च्यूरा खुवाईएको हो ।



लाइभदाङ । १५ असार २०८२, आईतवार ०९:४८ बजे