श्रवण शक्ति कम भएका ६५ जनालाइ ऐर्फोन वितरण

प्रमोद आचार्य,
दंगीशरण, ९ फागुन ।
ब्रीटेन नेपाल सामुदायिक कान उपचार सेवा र दंगीशरण गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी श्रबण शक्ति कम भएका ६५ जनालाइ ऐर्फोन वितरण गरेको छ । सिबिर संचालन गरी सिविरबाट सिफारिस भएकाहरुका लागी श्रवण शक्ति बढाउने सहयोगी यन्त्र वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न ३ वटा स्थानमा संचालन गरिएको प्राथमिक कान उपचार सिवीरबाट अप्रेसनका लागी ८० जना सिफारिस ,एर्फोन पाउन ६५ जना सिफारिस र करीब २००(दुइ सय) जनाले सामान्य उपचार पाएका थिए । दंगीशरण गाउँपालिकामा नव निर्वाचित स्थानिय सरकार आइसकेपछी महिला, बालबालिका, अपांगता भएका ब्यक्ति , तथा जेष्ठ नागरिकका लागी बजेटनै छुट्टाएर कार्यक्रमहरु अगाडी बढाएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।


श्रवण शक्ति बढाउने यन्त्रको वितरण कार्यक्रममा बोल्दै आफु निर्बाचित भएर आइसकेपछी भौतिक पुर्वाधारलाई सङ्गै बढाउदै मानवीय विकासलाई पनि महत्वका साथ अगाडि बढेको बताउनुभयो । यस्तै श्रवण यन्त्र वितरण कार्यक्रममा बोल्दै सामाजिक विकास समितीका संयोजक रोशन जङ शाहले श्रवण शक्ति पाए सङ्गै जेष्ठ नागरिकको ओठमा खुसी देख्दा आफु अत्यन्तै खुसी भएको बताउनुभयो ।

धेरै बर्ष देखी श्रवण शक्ति नभएका जेष्ठ नागरीकका लागी आफुहरुले गरेको सहयोग सार्थक तुल्याउन भुमिका खेल्ने ब्रीटेन नेपाल कान उपचार केन्द्र बाके प्रती आभार प्रकट गर्नुभयो ।एर्फोन प्राप्त सङ्गै निकै हर्षित मुद्रामा देखिएका दंगीशरण ५ का दिलाराम खत्रीले आफुले बुढेसकालमा कान सुन्न सक्ने भएकोमा खुसि ब्यक्त गर्दै गाउँपालिका आफ्नो लागी भगवान साबित भएको बताउनुभयो ।

त्यस्तै अर्का एक जेष्ठ नागरिक वडा नं. ३ का बिजुलि परीयारले आफुलाई कान सुन्न सक्ने गराउने गाउँपालिका प्रती धन्यवाद ब्यक्त गर्नुभयो । एर्फोन वितरण कार्यक्रम सामाजिक विकास समितीका संयोजक रोशन जङ शाहको सभापतीत्व तथा गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएको थियो ।