राष्ट्रपतिलाई दाङमा स्वागत

दाङ,३ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आएकी छन् । अहिले सवा ११ बजे दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्विवद्यालयमा अवतरण गरेकी हुन् । राष्ट्रपतिलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछानेले स्वागत गरेका थिए ।


विश्वविद्यालय अन्तरगत शिक्षण अस्पतालको भवन उद्घाटन गर्नकालागि राष्ट्रपति दाङ आएकी हुन् ।
विश्वविद्यालयको १०८ कोठे भवन ५ बर्ष अघि निर्माण भएको थियो ।