दाङको बिकासमा भुमिका खेल्छु मन्त्री : शर्मा

दाङ, १ फागुन ।
नारायणपुर उद्योग वाणिज्य संघ दाङले सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्मा स्वागत तथा सम्मान गरेको छ । गृह जिल्ला दाङ आएकी मन्त्री शर्माको आज विहान एक समारोहको आयोजना गरि स्वागत सम्मान गरेको हो ।

स्वागत समारोहमा बोल्दै मन्त्री शर्माले जिल्लाको समग्र विकास लागि सम्पूर्ण दलसंग सहकार्य गर्ने धारणा राख्नुभयो । बिकास निर्माणको काम कुनै दल विषेशको नहुने भन्दै त्यसका लागि स्थानिय तहसंगको सहकार्यमा गर्दे जाने धारणा व्यक्त गर्नुभयो । विकास निर्माणको नेत्त्रित्व आफुले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयोग गर्न आग्ह गर्नुभयो । लामो समय देखि घोराही-तुलसीपुर निर्माधिन चारलेन सडक अलपत्र रहेको भन्दै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसंग छलफल भएको धारणा राख्नुभयो ।


आठौं पटक ठेकेदार परिवर्तन हुदा पनि सडक निर्माणले गति नलिएको भन्दै सरकारले बजेट सुनिश्चित गरि ठेक्का सम्झौता तोड्ने तयारी गरेको उल्लेख गर्नुभयो । संचार मन्त्रालय देशको राष्ट्रियतासंग जोडिने मन्त्रालय भएपनि आफ्नो मन्त्रालयलाई नागरिकसंग कसरी जोड्न सकिन्छ भनेर ध्यान दिएको धारणा बताउनुभयो ।