
दंगीशरण, २३ बैशाख ।
पतन्जलि योग समिती दंगीशरण र पतन्जलि योग समिती शान्तिनगरको आयोजना तथा दंगीशरण गाउँपालिकाको ब्यबस्थापनमा एक दिवसीय विशेष सत्सङ्ग शिविर दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।
सत्सङ्गको मुख्य प्रशिक्षकको रुपमा महिला पतन्जलि योग समिती नेपालका अध्यक्ष साधि देवदिती रहेकिथिइन । समाजलाई सकारात्मक तवरले अगाडि बढाउन र समुदायलाई स्वस्थ र संस्कारयुक्त बनाउन एक दिवसयिय विषेश सत्सङ्ग शिवीर आयोजना गरीएको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
एक दिवसीय कार्यक्रमको अवसरमा प्रशिक्षण दिदै साद्वभि देवदितिले सत्ता परीवर्तन भन्दा पनि चरीत्र परीवर्तन आजको प्रमुख आवश्यकता रहेको बताइन ।संस्कार र स्वस्थ जीवनशैलीले मात्र कुनै पनि देश समृद्धिहुने बताइन ।
पछिल्लो समय मानिसको खानपान र जीवनशैलीका कारण नसर्ने रोगहरुले जरा गाडिरहेको अवस्थामा यसको रोकथाम र न्यूनीकरणको एकमात्र औषधि योग,ध्यान र प्रणायाम रहेको बताइन ।
प्रशिक्षण कार्यक्रमको अवसरमा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु आफ्नो स्थानियतहका नागरीकलाई स्वस्थ बनाउने अभियानमा लागिरहेको बतएका छन् ।
अध्यक्ष गिरीले आफु निर्वाचित भएर आए पछी एक वडा एक योग हल अनुरुप अहिलेसम्म ८ वटा योगहल निर्माण गरी सकेको बताएका छन् । आफ्नो सोच आफ्नो स्थानियतहका नागरीकलाई चारीत्रिक,स्वस्थ र संस्कारयुक्त समुदाय निर्माणका लागि योग, ध्यान,र प्रणायामलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए ।
प्रशिक्षण शिवीरको अवसरमा दंगीशरण महिला पतन्जलि योग समिती र शान्तिनगर महिला पतन्जलि योग समिती समेत गठन गरीएको छ । जस अनुरुप दंगीशरण महिला पतन्जलि समितीको अध्यक्षमा लक्ष्मि हमाल र शान्तिनगर पतन्जलि योग समितीको अध्यक्ष अमृता जैशी सहित दुवै गाउँपलिकामा ९ सदस्यीय कार्यसमिति चयन गरीएको हो । एक दिवसीय प्रशिक्षण कार्यक्रमको सहजीकरण पतन्जलि योग समिती शान्तिनगरका प्रभारी निम बहादुर खड्काले गरेका थिए ।



लाइभदाङ । २३ बैशाख २०८२, मंगलवार २०:४६ बजे