दाङ, २९ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।
लुम्बिनी प्रदेश कानून आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुन् ।
लाइभदाङ । २९ माघ २०७९, आईतवार १४:५३ बजे