दाङका २४ वडामा काँग्रेसको नेतृत्व चयन

दाङ, ०३ असोज ।
दाङका एकसय वडामध्ये २४ वटा वडामा नेपाली काँग्रेसको वडाअधिवेशन भएको छ । १५ औं महाधिवेशन अन्तर्गत देशैभरका वडाहरुमा शनिबार (आज) र भोलि (आइतबार) तोकिएको अधिवेशन अन्तर्गत दाङमा २४ वडामा नेतृत्व चयन भएको हो ।


जस अन्तर्गत दाङको बबई गाउँपालिकामा ६ वटा वडा, शान्तिनगरमा ७ वटा, दंगिशरणमा ४ र गढवामा ४ वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । यसैगरी तुलसीपुर उपमहानगरका १९ वटा वडा मध्ये ६,९ र १५ गरि तीन वटा वडामा अधिवेशन भएको छ ।