दाङ जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड हुँदै

लक्ष्मण बस्नेत
दाङ,१७ असार ।

दाङ जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समिति द्वारा संचालित प्रतियोगिताको बिहान ११ बजे लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


बेलझुण्डी रंगशालामा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी,तेक्वान्दो छात्र/छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र/छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र /छात्रा बिच कडा प्रतिस्पर्धा हुने दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिनुभएकोछ ।

प्रतियोगितामा जिल्लाका दस पालिका मध्य रनिङ शिल्ड सम्पन्न गरेका सात पालिकाका बिधालयका प्रथम द्वितिय स्थान हात पारेका झण्डै तीन सय खेलाडि र अफिसियको सहभागिता रहनेछ । यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको दाङ जिल्ला खेलकुद बिकास समितीले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको जानकारी दिएको छ ।