दंगीशरण-५ मा लघु उद्यमीहरुलाई ॠणमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम

दंगीशरण, ५ असार ।
दंगीशरण गाउँपालिकाको आयोजनामा लघु उद्यमीहरुलाई ॠणमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम दंगीशरण गाउँपालिका वडा नं.५ को डाडाचिसमा सम्पन्न भएको छ । वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिला दिदिबहिनीहरुलाइ उद्यमी बनाउने आफुहरुको उदेश्य अनुरुप लघु उद्यमीहरुलाई ॠणको पहुच दिलाउन अन्तरक्रियाले सहयोग पुग्ने बताउनुभयो । उद्यम श्रीजना गर्दा आर्थिकको आवश्यकता हुने र ऋणबाट उद्यम शुरु गरी ऋणको सहि सदुपयोग गरेर आम्दानि गर्न सक्नुपर्ने बताउनुभयो ।

ऋण लगेर ऋणलाई उत्पादित क्षेत्रमा खर्च गरी आम्दानि गर्नसके मात्र ऋण कर्जाको सहि सदुपयोग हुने उनको भनाइथियो । पछिल्लो समयमा विशेषगरी महिलाहरुमा धेरै जिम्मेवारी थपिएको र विदेशमा श्रीमान तथा छोरा÷छोरीले पठाएको पैसालाई सहि प्रयोग र उचित सदुपयोग गरेमात्र पारीवारीक सद्भाव रहने उल्लेख गर्नुभयो ।


यस्तै वडा नं. ५ का वडा अध्यक्ष निरज वस्नेतले सिप सिकि उद्यमी बन्न चहाने समुहहरुले पहिले उधम शुरु गर्नुपर्ने र बाँकि सहयोग वडा र गाउँपालिकाले गर्ने बताउनुभयो ।

अन्तर्कृया कार्यक्रममा मिर्मिरे लघुवित्तका सन्तु मल्ल र जाल्पा लघुवित्तका सुनिता शर्माले कर्जा प्रवाह तथा लघुबित्तको सेवा सुविधावारे जानकारी गराएका थिए ।कार्यक्रमको सहजीकरण लघु उद्यम साखा प्रमुख कल्पना बिष्टले गर्नुभएकोथियो ।