लुम्बिनीमा प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछः मन्त्री नमूना

बर्दिया, १६ माघ ।
लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले बताएकी छिन ।

बर्दियामा सोमबार चौथो राजापुर नगर स्तरीय अन्तर विद्यालय मेयर कप तथा १५औं राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दलहरुसँग छलफल भइरहेकोले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको उनले बताइन ।


‘अहिले सत्ता गठबन्धन दल र विश्वासको मत दिएका दलहरुबीच छलफल भइरहेको छ । अबको केही दिनमा प्रदेश सरकारले पूर्णता पाउँछ’ मन्त्री केसीले भनिन ।

मन्त्रालय भागबण्डाको विषयमा समेत दलहरुबीच लगभग सहमति भइसकेको उनले दाबी गरिन । ‘दलहरुबीच धेरै विषयमा सहमती भइसकेको छ । भागबण्डाको विषयमा समेत त्यस्तो धेरै समस्या छैन’ मन्त्री केसीले भनिन, ‘अब १९/२० गतेसम्म प्रदेश सरकारले पूर्णता पाउँछ ।’