फरार प्रतिवादी पक्राउ

दाङ,८ जेठ ।
कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत दाङ प्रहरीले एक साताको अवधिमा विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि कुल १ लाख २२ हजार ८५० रुपैयाँ जरिवाना तथा २ वर्ष ६ महिनाको कैद सजाय रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २०८३ साल वैशाख १ गतेदेखि जेठ ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले फरार प्रतिवादीको खोजतलास अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २६ जनालाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत मा उपस्थित गराइएको जनाएको छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२र८३ अन्तर्गत जेठ १ गतेदेखि ७ गतेसम्म पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतले तोकेको कुल जरिवाना रकम १ लाख २२ हजार ८५० रुपैयाँ रहेको छ। उनीहरूमाथि २ वर्ष ६ महिनाको कैद सजाय समेत बाँकी रहेको उल्लेख गरिएको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीको अभियान निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।