तुलसीपुर ६ लाई नमूना बनाउने बर्षादको सपना

तुलसीपुर
२१ वैशाख / एमालेको तर्फबाट दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी‘बर्षात’को टिमले वडालाई समृद्ध बनाउने सपना बोकेको छ । दलित, गरिव तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य विमा गर्न पहल गर्ने, महिलाको पाठेघर तथा स्तन क्यान्सरको निःशूल्क जाँचको ब्यबस्था, वडाको नगर स्वास्थ्य केन्द्रको स्तर बृद्धि गर्ने, घुम्ती शिविर सञ्चालन गरी नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने, हरेक खालका महामारी्संग जुध्न रणनीतिक योजना तयार पार्ने, मावि सेन्टरलाई गुणस्तर तथा प्राविधिक शिक्षा प्रदान गर्ने थलोका रुपमा विकास गर्ने लक्ष्य राखेका छन् । साभारः अग्रिम साप्ताहिक

वडा कार्यालय परिसरमा मिनी पुस्तकालय सहितको सेवाग्राही प्रतिक्षालय स्थापना गर्ने, दलित तथा विपन्न परिवारका वालवालिकाहरुको उच्च शिक्षाकालागि पहल गर्ने, परिवारका सदस्यहरुलाई निःशुल्क सीप प्रदान गरी उद्यमशीलता विकास गर्ने, वालवालिकाहरुलाई नैतिक संस्कारयुक्त परामर्श कक्षा टोल–टोलमा संचालन गर्ने, वाल विवाह अन्त्यकालागि किशोर किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

उत्पादनमा बृद्धि गर्न व्यवासायीक किसानलाई उत्पादनमा आधारीत अनुदानको व्यवस्था गर्ने,कृषि उपजको भण्डारणकालागि चिस्यान केन्द्र स्थापनाका लागि पहल गर्ने, हिउँदमा समेत सिंचाई सुविधा पु¥याउन बाँकी रहेका कुलाहरू पक्की गरि आवश्यक ठाउँमा बोरिङको व्यवस्था गर्ने, उत्पादनको प्रचुर सम्भावना भएका गाउँलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने, कृषक र उपभोक्ताबीच सीधा सम्पर्क बढाउन कृषि प्रर्दशनी तथा हाटबजार सञ्चालन गर्ने लक्ष्य रहेको छ ।


त्यस्तै उत्पादित कृषि उपजको बजारीकरणकालागि पहल गर्ने, बजारको प्लास्टिकजन्य फोहोर बाढिले बगाएर उत्पादन मुलक जग्गामा लैजाने समस्यालाई समाधान गर्ने, गौरवको योजनाका रुपमा रहेको मावि सेन्टर हुदै गाईडर जोड्ने मदन भण्डारी सडक मार्गलाई कालोपत्रे गर्ने, न्यायमार्ग र त्रिसिद्देश्वरी टोल बीचको नालालाई सडकका रुपमा विकास गर्ने, एयरपोर्ट गेट देखि गोलौरा जोड्ने सडक सहितका वडाका सबै सडकहरुको स्तरोन्नती गर्ने, विद्युत पोल विस्तार, अव्यवस्थीत पोलहरुको व्यवस्थापन र पोल पत्तिको व्यवस्था एक बर्ष भित्र गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै सबै टोलमा डस्टविन राखि वडाको आफ्नै साधन बनाएर फोहोर संकलन गर्ने, जग्गाको व्यवस्थापन भएका टोलहरुको भवन निमार्णकालागि अनुदान र जग्गा नभएका टोलहरुलाई जग्गा व्यवस्थापनका लागि पहल गर्ने, तरकारी मण्डी अगाडीको खाली जग्गामा तीनकुने पार्क निमार्ण गर्ने, निकास बुझिएका सबै सडकहरुको एक बर्ष भित्र निकास खोलिने, सखी सोता लगायत वाढी तथा नदीले कटान गर्ने क्षेत्रमा तटबन्धका लागि पहल गर्ने निर्णय भएको छ ।

त्यस्तै सरस्वत सामुदायीक वन गोलौराको जग्गामा खेल मैदान निर्माण गर्ने, गौरवको योजनाका रूपमा रहेको गौरिडाँडा खेल मैदानलाई डिपिआर अनुसार रंगशाला निर्माणका लागि पहल गर्ने लक्ष्य रहेको वडाध्यक्षका उम्मेदवार बर्षात भण्डारीले बताए । साभारः अग्रिम साप्ताहिक