तिजको अवसरमा ‘टिमार्ट’ले छुट दिने

तुलसीपुर
१९ भदौ / दाङ घोराहीमा रहेको टिमार्ट सुपरमार्केटले तिजको अवसरमा हरेक सामान किन्दा छुट दिने भएको छ ।

मार्केटले ७ प्रतिशत छुट दिएको छ । चाड पर्बमा हरेक घरमा खुसीयाली थप्न यो अवसर दिएको सञ्चालक टिकाराम रावतले जानकारी दिए ।

सुपरमार्केटले स्थापना देखि नै सबै किसिमका गुणस्तरीय सामानहरु एकै ठाउमा उपलब्ध गराउदै आएको छ । एकै समयमा सबै सामानहरु खरिद गरी समयको बचतसंगै ग्राहकले चाहेको सेवा सुबिधा दिन एकै ठाउँमा हुने गरेको उनले बताए । पछिल्लो समय सबै उमेरका ग्राहकको प्रमुख रोजाइ सुपरमार्के बन्ने गरेको छ ।


ग्राहकको खुसी र उत्कृष्ट सेवालाइ आफूहरुले सधै आत्मसात गर्दै अगाडी बढ्ने रावतले जानकारी दिए । पछिल्लो समय दाङमा सुपरमार्केटको बिस्तार हुँदै गएको छ। समयानुसारका राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादन सहितको सेवा पस्कन सकेमा सुपरमार्केटहरु सफल हुने उनको भनाई छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'