घाईतेको उपचारकालागि विद्यार्थीको सहयोग

तुलसीपुर, १२ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.८ दुधेनी स्थित शान्तिदीप इग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले घाईतेको उपचारकालागि सहयोग गरेका छन् ।

सोही विद्यालयका अभिभावक तुलसीपुर -८ अश्वारा निवासी ३२ बर्षीय हरि वहादुर खड्काको उपचारकालागि विद्यार्थीहरुले खाजा खर्चबाट बचाएर राखेको तीन हजार तीन सय ९०, शिक्षक कर्मचारीबाट २६ हजार तीन सय पाँच र विद्यालयको तर्फबाट १० हजार एक सय पाँच गरि ३९ हजार ८ सय रुपैँया सहयोग गरिएको हो ।


खड्का केही दिन अघि भएको मोटरसाईकल दुर्घटनामा परि घाइते थिए । घरको आर्थिक अबस्था कमजोर हुँदा उपचारमा समस्या भएकाले सहयोग गरिएको विद्यालयका सञ्चालक नेत्रलाल भट्टराईले बताए ।