बबई ४ बाट एमालेका बुढाथोकी सहित ४१ जना माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर २६ माघ । दाङ बबई गाउँपालिका वडा नं. ४ बाट एमालेका टाेपबहादुर बुढाथाेकीसहित ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले कांग्रेस लगायतका पार्टी परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। आफूहरू पार्टीभन्दा विकास गर्ने नेताको साथ दिन माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरूको भनाइ छ।

पश्चिम दाङमा इतिहाँसमै पहिलो पटक सोचेअनुसार बजेट आएको भन्दै त्यसको कार्यान्वयनका लागि पनि आफूहरू साथ दिन माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरूको भनाइ छ। नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङको विकास नै आफ्नो मुख्य एजेण्डा रहेको बताए ।


पश्चिम दाङ उपेक्षामा परेको भन्दै त्यसलाई विकसित दाङ बनाउन आफू लागि परेको समेत उनले बताए । पश्चिम दाङलाई कर्णाली भनेर चिन्ने गरिएको भन्दै अबको केही समयपछि विकसित दाङका रुपमा अगाडि बढ्ने उनले बताए ।