स्वास्थ्य स्वयंसेवीकाहरुलाइ प्राथमिक कान उपचार तालिम

प्रमोद आचार्य,
दंगीशरण, ४ माघ
दंगीशरण गाउँपालिकाको आयोजना तथा बि.एन नेपाल सामुदायिक कान उपाचार सेवा गणेशमान चोक सिद्धार्थ अस्पताल नेपालगन्ज बाकेको सहयोगमा महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई प्राथमिक कान उपचार तालिम आज देखी स्वास्थ्यचौकी हेकुलिमा शुरु भएको छ । सामाजिक बिकास समितीका संयोजक तथा दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रोशन जङ शाहको शभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा तालिमको उद्घाटन गरीएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले भौतीक पुर्बाधारलाई मात्र बिकास नठानी स्वास्थ्य तथा जनचेतना जगाउने काममा आफु सधै तत्पर रहेको बताउनुभयो ।आफु आफ्नो पालिकामा रहेका कुनै पनि उमेर समुहका बिरामि कान सम्बन्धि कुनै पनि रोग पालेर बस्न नपरोस भनेर छिट्टै सिबिर संचालन गरेर समस्याको पहिचान भएका बिरामीलाई निःशुल्क अप्रेसन तथा श्रबण सक्ती गुमाएकालाई एरफोन समेत निःशुल्क बितरण गरेर बिरामिलाइ ठिक पार्ने आफ्नो लक्ष्य भएको बताउनुभयो ।

यस्तै सामाजिक बिकास समितीका संयोजक रोशन जङ शाहले स्वास्थ्य क्षेत्रको मेरोदण्डको रुपमा रहेर अग्रणिय भुमिका खेलेकाले पनि प्राथमिक कान उपचार सम्बन्धि स्वयंसेवीकालाइ दिन लागीएको तालिम फलदायि हुने बताउनुभयो ।


स्वयंसेवीकाहरुले कानको कसरी हेरचाह गर्ने कानको प्राथमिक उपचार कसरी गर्ने भन्ने आधारभुत कुरा तालिममा सिकेर समुदायमा लैजाने बिस्वास ब्यक्त गर्नुभयो । वडा नं. ३ का वडा अध्यक्ष तथा हेकुलि स्वास्थ्य चौकिका ब्यबस्थापन समितीका अध्यक्ष शुकलाल चौधरीले शिबिर आयोजना हुन लागेको प्रती खुसि ब्यक्त गर्नुभयो ।

बरिष्ठ कान उपचार अधिकृत तथा कार्यक्रमका फ्यासिलेटर राम बहादुर बोहराले आफुहरुले निरन्तर हरेक जिल्लामा पनि कान उपचारको क्षेत्रमा रहेर काम गरेको र यस पटक दाङ जिल्लाको दंगीशरण गाउँपालिकामा रहेर सिबिर संचालन गरेर बिरामीको श्रबण सक्तीको मापन गरी उपचारका लागी रिफर गर्ने आवश्यक परे अपरेसनका लागी निःशुल्क रिफर गरी कानको जालि फुटेका बिरामिलाई श्रबण सक्ती फिर्ता गराउन एरफोन समेत निःशुल्क बितरण गर्न गाउँपालिकले सहयोग गरेको बताउनुभयो ।

स्वास्थ्य शाखा दंगीशरणका प्रमुख राजेन्द्र हमालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जन स्वास्थ्य निरीक्षक प्रदीप योगीले गर्नुभएको थियो ।