
दाङ,२९ मंसिर ।
घोराही उपमहानगरपालिका–७ मा रहेको माध्यामिक विद्यालय सौडियारको भौतिक तथा शैक्षिक विकासका लागि दुई लाख बराबर सहयोग प्राप्त भएको छ ।
विद्यालयले निर्माण गर्ने सभाहलका लागि घोराही उपमहानगरपालिका–१५ रतनपुर निवासी व्यवसायी खड्ग बुढाथोकीले २५ हजार पाँच सय ५५ रुपैया सहयोग गरेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष समेत रहेका बुढाथोकीले २५ हजार बढी रुपैयाँ सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भटराईले जानकारी दिएका छन् ।
त्यसैगरी घोराही–७ सौडियार निवासी बिष्णु कालाथोकी र छोरा खिमानन्द कालाथोकीले सभाहल निर्माणका लागि एकलाख मूल्य बराबरको सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन् । सभाहल निर्माणका लागि आवश्यक पर्ने एक लाख मुल्य बराबरको समेन्ट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । त्यसैगरी घोराही निवासी उपेन्द्र पोख्रेलले विद्यालयमा एक लाख रुपैयाँको अक्षकोष स्थापना गर्ने बताएका छन् । विद्यालयमा स्थापना गर्ने बालबालिकालाई अध्ययनमा सहयोग पु¥याउने गरि एक लाख रुपैयाको अक्षकोष स्थापना गर्ने घोषणा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भटराईले जानकारी दिए ।
यसैविच महायज्ञ मुल आयोजक समितिले आगामी पुसको ७ गते महायज्ञको आयव्यय सार्वजनिक गर्ने जनाएको छ । समितिले शनिवार बसेको बैठकले महायज्ञमा सवैभन्दा धेरै दान गर्ने दाताहरुको नाम क्रमश शिलालेखमा लेख्ने निर्णय गरेको मुल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भटराईले बताए । साथै पाँच हजार एक सय रुपैयाँभन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने भएकाले त्योभन्दा कम रकम सहयोग गरेका दाताहरुलाई रकम बढाउन चाहेको खण्डमा सहयोग गर्न अनुरोध गरेको छ । साथै अन्य सहयोगीलाई पनि रकम सहयोग गर्न आग्रह गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
त्यसैगरी महायज्ञ मुल आयोजक समितिले मंसिरको २१ गतेदेखि २८ गतेसम्म भव्य जनसहभागीतामा श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्नका लागि सहयोग गर्ने दानविर दाता, उपसमितिका संयोजक तथा सहसंयोजकहरु, विद्यालयका शिक्षक शिक्षिक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघ,टोलवासी, वन समूह, सहकारी सस्था, मतहवालगायत राजनीतिक दल, व्यवसायी, सुरक्षाकर्मी, पत्रकारलगायत सम्पूर्ण स्थानीयवासीमा धन्यावाद ज्ञापन गरेको छ ।
विद्यालय प्रधानाध्यापक नन्दबहादुर वली, घोराही उपमहानगरपालिका–७ का अध्यक्ष खोपीराम चौधरी, दाता पहिचान समितिका संयोजक भुपबहादुर डाँगी, अनुगमन समितिका संयोजक भीमप्रकाश खड्कालगायतले महायज्ञलाई सफल बनाउन भूमिका खेल्ने सवैप्रति धन्यावाद ज्ञापन गरेका हुन । उहाँहरुले श्रृङ्गारिक आरतिको लागि तीन सेट सामाग्रि सहयोग गरेकोमा अम्बिकेश्वरि मन्दिर ब्यबस्थापन समितीका अध्यक्षसहित पदाधिकारी तथा सदस्य र सम्पुर्ण परिवारलाई धन्यवाद दिएका छन ।



लाइभदाङ । २९ मंसिर २०८१, शनिबार २०:११ बजे