अश्वारामा बाइक र स्कुटी ठोक्किदा एकजना घाइते

तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–८ अस्वारामा मोटरसाइकल र स्कुटी ठोक्कीदा एक महिला घाइते भएको प्रहरीले बताएको छ ।


घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निबासी २७ वर्षकी कमला वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

तुलसीपुरबाट भमके तर्फ जाँदै गरेको रा ३ प ७१२० नम्बरको मोटरसाइकलले रा ७ प ८८४३ नम्बरको स्कुटीलाई साँझ साढे ६ बजे ठक्कर दिएको थियो । मोटरसाइकल चालक तुलसीपुर–१ भमके निवासी टोपलाल बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।