लुम्बिनी : सभामुख र उपसभामुख निर्बिरोध निर्बाचित

दाङ, ३ माघ । लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्बिरोध निर्बाचित भएका छन् । पाल्पा २(२) बाट निर्वाचित माओवादी केन्द्रका घर्ती निर्विरोध भएका हुन् । लुम्बिनीमा मुख्यमन्त्री एमालेको भागमा परेपछि सभामुख माओवादी केन्द्रलाई परेको थियो । माओवादीले घर्तीलाई सभामुख बनाएको छ ।

त्यस्तै उपसभामुखमा पनि सत्तागठन्धनकै उम्मेदवार राप्रपाकी मेनुका केसी खाँड निर्विरोध भएकी छन् । खाँड गुल्मी निवासी हुन् । उनी समानुपातिक सांसद हुन् ।
उपसभामुखमा तीन जनाको उम्मेदवार परेपछि काँग्रेस र नागरिक उन्मुक्ती पार्टीले उम्मेदवारी फिर्ता लिएपछि खाँड निर्विरोध भएकी हुन् ।


सोमबार नेपाली काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारुले मनोनयन दर्ता गराएका थिए । उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि मंगलबार दिउसो बसेको प्रदेशसभाको बैठकमा सभाध्यक्ष डिल्लीराज भुषालले सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।