दाङका निर्वाचन क्षेत्रमा खटाईयो निर्वाचन अधिकृत

तुलसीपुर
६ असोज / दाङका तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाईएको छ ।

मुख्य निर्वाचन अधिकृतमा जिलला कृपासुर कार्कीलाई खटाईएको छ । उनले दुई नम्बर क्षेत्रमा हेर्नेछन् ।


त्यस्तै दाङ क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा उच्च अदालत तुलसीपुरका उपरजिष्ट्रार मानबहादुर विष्ट र क्षेत्र नं. ३ मा सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपानेलाई खटाईएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइएको हो ।