मोटरसाइकलको ठक्करबाट एक जना घाइते

तुलसीपुर, ८ पुष ।
तुलसीपुरको बनगैंमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगै निवासी महाबिर डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।


घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेका छ । तुलसीपुरबाट नवलपुर तर्फ जाँदै गरेको रा २ प ३३७९ नम्बरको मोटरसाईकलले बाटोमा हिड्दै गरेका डाँगीलाई पाँच बजेतिर ठक्कर दिएको थियो ।