समता सहकारीको १४ औं स्थापना दिवस

निराश पाण्डे,
शान्तिनगर, ५ जेठ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ५ स्थित समता कृषि सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिबस बिहीवार कांसिपुरमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको सभापतित्व एवं वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी रावतले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो।


स्थापना दिवसको अबसरमा बोल्दै प्रमुख अतिथी रावतले सहकारी संस्थाको संख्या र सदस्यहरुको वृद्धिलाई समेटने गरि सहकारी सम्बन्धि प्रशिक्षण कार्यक्रम लाई विविधिकरण र विस्तार गरिनु पर्ने बताउनु भएको छ।

कार्यक्रममा ऋण असुली उपसमितिका संयोजक राम बहादुर केसी , लेखा सदस्य पबित्रा ओलि, भुपाल डाङ्गी, बालकृष्ण ओलिले बोल्नु भएको थियो । उपाध्यक्ष बिमला खड्काले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो, भने स्थापना दिवसको उपलक्ष्यमा कुर्सी दौड प्रतियोगिता पनि गरिएको थियो, भने कार्यक्रम सञ्चालन लेखा संयोजक कोमल के सीले गर्नु भएको थियो।