तुलसीपुरको नागरिक केयर हस्पिटलमा निःशुल्क स्वास्थ्य शिबिर हुँदै

देव राज कँडेल
तुलसीपुर, २५ मंसिर ।
तुलसीपुरको ‘ग’ लाइन स्थित नागरिक केयर हस्पिटल प्रा.लि मा पुस २ गते भरतपुर क्यान्सर हस्पिटलमा कार्यरत जनरल सर्जन तथा बरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ डा. संजय पान्डे द्वारा निःसुल्क स्वास्थ्य शिबिर हुन लागेको हस्पिटलका एम.डि. दया ज्ञवालीले जानकारी दिए ।

स्तनमा आउने मासुका गिर्खा , लामो समयसम्म घाउ निको नहुने समस्या भएका एवं आफ्नो स्तनमा कुनै समस्या आएका बिरामीले तुलसीपुरको नागरिक केयर हस्पिटल मा निःशुल्क स्वास्थ्य शिबिर हुँदै शिबिरमा सहभागी हुन पाउने छन् । क्यान्सर रोग समयमै पत्ता लगाइ राम्रो उपचार पाएमा निको हुने पनि ज्ञवालीले बताए ।


ज्ञवालीका अनुसार पछिल्लो समय महिलाहरुमा स्तन क्यानसको समस्या बढ्दै गएको छ । उपचारका लागि चितवन , काठमाडौ लगातका ठाउमा जाने संख्या बढ्दै गएको छ, भने आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नपाएका बिरामीहरुलाई लक्षित गर्दै सामाजिक सेवा अन्तर्गत शिबिर सञ्चालन हुन लागेको एम डि ज्ञवालीले बताए ।

साथै नागरिक केयर हस्पिटलले नियमित रुपमा जनरल फिजिसीयन बिसेसज्ञ सेवा, नाक, कान, घाँटी रोग बिशेषज्ञ सेवा, सल्यक्रिया , रेडियोलोजी , प्रसुती तथा महिला रोग बिशेषज्ञ सेवा, ल्याब , फर्मेसी लगायत अन्य सेवाहरु दिदै आएको छ ।