१५ दिन १५ औं बार्षिकोत्सव मनाउँदै डिभाईन टेम्पल

तुलसीपुर, फागुन ५ । डिभाईन टेम्पल एकाडेमी बोर्डिङ स्कूल तुलसीपुरले आफ्नौं १५ औं बार्षिकोत्सव १५ दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

शुक्रबार गोलौरास्थित बिद्यालय परिसरमा स्पोट्र्स मिट एवंम बिबिध कार्यक्रम सञ्चालन गरिएको छ ।
बिद्यालयका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यता एवंम मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति सुशिल बस्नेतको र जिल्ला खेलकुद बिकास समिति दाङका कोषाध्यक्ष धुर्वराज आचार्यको बिशिष्ट आथित्यमा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी डाँगीले ज्ञान र कलाकारिता कहिले पनि पूर्ण हुन नसक्ने हुँदा त्यो निरन्तरको साधनाबाट मात्रै हासिल गर्न सकिने बताएका थिए ।

आफ्नो रुचीको बिषयलाई गहिरो गरि अध्ययन गर्न उनले सुझाए । त्यस्तै मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय बरिष्ठ उपसभापति सुशिल बस्नेतले निजी बिद्यालयले प्रदान गर्दै आएको गुणस्तरिय शिक्षाले विश्व बजारमा मूल्य पाउन थालेको चर्चा गरे ।


त्यस्तै दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्वराज आचार्यले खेलकुद र अध्ययनलाई संगै लैजान सके बिद्यार्थीको चौतर्फी बृत्तिबिकाश हुनेमा जोड दिए ।

बिद्यालयका शिक्षक आँकाश सिंहको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन समारोहको सहजीकरण शिक्षक महेश लामिछानेले गरेका थिए ।

उत्सव उद्घाटनको पहिलो दिन बिभिन्न उमेर समुहका खेलाडीहरु बीच तेक्वान्दो प्रतियोगिता भएको थियो ।

अब आउने फागुन १९ गतेसम्म १५ दिन शिक्षक अभिभावक मैत्रीपूर्ण खेल कार्यक्रम, अन्य खेलकुद प्रतियोगिता, रक्तदान,सांस्कृतिक कार्यक्रम,सहयोग हस्तान्तरण,कला तथा बिज्ञान प्रदर्शन, प्रतिभा पुरस्कार तथा सम्मान कार्यक्रम,बिद्यालयको भवन उद्घाटन लगायतका कार्यक्रम रहेको संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेले जानकारी दिएका छन् ।