एमालेको समानुपातिक:लुम्बिनी प्रदेशमा दाङबाट दुई जना

दाङ
२२ मंसिर / एमालेले दाङबाट लुम्बिनी प्रदेशसभामा २ जनालाई समानुपातिक सांसद बनाएको छ ।

एमालेबाट थारु महिलाको एक नम्बर सूचिमा रहेकी सीता शर्मा चौधरी र त्यस्तै दलितको २ नम्बरमा रहेकी रेखा कुमारी शर्मालाई प्रदेशको समानुपातिक सांसद बनाएको हो ।


एमालेले पाएको जम्मा ११ सिट मध्ये १० सिट महिला लैजानु पर्ने बाध्यात्मक परिस्थितिमा उनीहरु समानुपातिकमा परेका छन् ।