दाङमा ६४ उमेदवारको जमानत जफत

दाङ, १२ मंसिर ।
दाङमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी मध्ये ६४ जना उमेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नल्याउने ६४ उमेदवारको जमानत जफल भएको हो ।

जमानत जोगाउन नसक्नेमा ७ जना महिला र ५७ जना पुरुष उमेदवार रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा २० र क्षेत्र नम्बर ३ मा २७ जना उमेदवार रहेका छन् ।