तुलसीपुर, २७ असार। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले कम्युनिस्ट आन्दोलनका पुराना नेता शोभाराम बस्नेतलाई आर्थिक सहयोग गर्नु भएको छ ।
तुलसीपुर ११ हस्नापुरका बस्नेतको घरमा पुगेर उपप्रमुख चौधरीले बस्नेतको स्वास्थ्य उपचारका लागि ब्यक्तिगत रुपमा ५० हजार नगद हस्तान्तरण गर्नुभयको हो । मृगौला पिडित बस्नेतलाई उपप्रमुख चौधरीले स्वास्थ लाभको कामना गर्दै आर्थिक सहयोग गर्नु भएको हो ।उपमेयर चौधरीले ७५ वार्षिय बस्नेतलाई आर्थिक सहयोग गर्दै आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उपमेयर चौधरीले बस्नेतलाई घरमा भेट गर्न गयको समयमा आर्थिक सहयोग गर्नुभयको छ । सो अबसरमा निबर्तमान उपमेयर माया शर्मा आचार्य ,कार्यपालिका सदस्य लक्षमन बिश्वकर्मा,न्यायीक समिती सदस्य देबि पोखरेल ,तुलसीपुर ६ का निबर्तमान वार्ड सदस्य युबा करारा,कार्यलयका सुशीला शाह,दलित अधिकारकर्मी खेमराज बिश्वकर्मा,सुस्मा भण्डारी ले पनि मृगौला पीडित बस्नेतलाई भेटेर स्वास्थ लाभको कामना गर्नु भएको छ ।
यस्तैगरी उपमेयर चौधरिले आँखा स्वास्थ्य उपचारका लागि भुबन सिङ वलीलाई बिस हजार आर्थिक सहयोग गर्नु भएको छ । उहाले आफ्नो कार्यकक्षमै पिडित ओलीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
लाइभदाङ । २८ असार २०७९, मंगलवार ०७:३५ बजे