
तुलसीपुर, २१ असार । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले क्यान्सर पीडितलाई सहयोग गरेको छ । शनिबार तुलसीपुर स्थित कार्यालयमा क्यान्सर पीडित तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ लुहाडबरा निवासी ५१ बर्षीय अर्जुन भण्डारीलाई सहयोग गरिएको हो ।
प्रालिसहित प्रालिका पदाधिकारी, कर्मचारीसहित नव कान्तिपुर भलाई कोषसमेतको गरि जम्मा एक लाख ८७ हजार ८ सय ८० रुपैँया सहयोग गरिएको हो ।
प्रालिका अध्यक्ष घनश्याम बस्नेतसहित पदाधिकारीहरुले उक्त रकम भण्डारीलाई हस्तान्तरण गरेका हुन् । जसमा प्रालिले २५ हजार, नब कान्तिपुर भलाई कोषको ५१ हजार, अध्यक्ष बस्नेतले २५ हजार, सचिब सुदन बुढाथोकी र उनकी छोरी सोनिका बुढाथोकीबाट २० हजार एकसय पाँच,सल्लाहकारबाट पाँच हजार पाँच सय पाँच, काठमाडौं काउन्टरबाट ३६ हजार, तुलसीपुर काउन्टरबाट २० हजार दुईसय ७०, घोराही काउन्टरबाट पाँच हजार रकम संकलन भएको थियो । मुखमा क्यान्सर हुँदा भण्डारी लामो समयदेखि थला परेका छन् ।
पटक–पटक अप्रेशन गरेपनि सन्चो भएको छैन । यस अघि भण्डारी आफैले कमाएर अप्रेशन गर्ने गरेको भएपनि पछिल्ला समय आर्थिक अभाब हुँदा उपचारमा समेत समस्या हुने गरेको छ । उनको उपचारकालागि प्रालिका अध्यक्ष बस्नेतले अभियान समेत चलाएका छन् ।




लाइभदाङ । २१ असार २०८२, शनिबार १८:४९ बजे