तुलसीपुर, ३ पुस ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेल एमालेले सरकारको नेतृत्व गरेको बेला ठूला–ठूला आयोजनाहरु अघि सारेको बताउनुभयो । नेकपा एमाले दाङ क्षेत्र नं. ३ ले कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको १४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।
उहाँले अब एमाललेलाई थप बलियो बनाउने बताउनुभयो । उहाले आफूहरुको नेतृत्वको प्रदेश र संघिय सरकारले तत्कालिन अवस्थामा गरेको काम र विकासले मुलुकलाई ठूलो फड्को मारेको बताउनुभयो । उहाँले बर्षौदेखी भुमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिने प्रक्रिया अघि बढाएको बताउनुभयो । स्थानीय निर्वाचन पछि आफुहरुले स्थानीय तह देखि प्रदेश र संघिय सरकारको नेतृत्व गरेकै गाउँ–गाउँ सम्म सडक, विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास भएको उहाँले बताउनुभयो ।
लाइभदाङ । ३ पुष २०७८, शनिबार २१:३१ बजे