मतदाताको भावना अनुसार चल्ने छु नबनिर्बाचित अध्यक्ष बस्नेत

निराश पान्डे
शान्तिनगर ,४ जेठ ।

शान्तिनगर गाउँ पालिकाका नब निर्बाचित अध्यक्ष प्रमोद बस्नेतले आफू चुनावका बेला मतदाताका सामु गरिएका बाचा पूरा गर्ने बताउनु भएको छ। अध्यक्ष बस्नेतले मंगलबार आफू निर्वाचित भैसके पछि बिजयी ¥याली पश्चात् गरिएको कोणसभामा लाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको अध्यक्ष बस्नेतले शान्तिनगरमा धेरै अधुरा कामहरु गर्नु पर्ने छन ती कामहरु मेरो कार्यकालमा पूरा गर्छु तपाईंहरु बिस्वस्त हुनु होस चुनाव त फेरि ५ बर्षमा आउँछ अहिले मैले झुटो बोले भने ५ बर्षमा कसरी तपाईं सामु म आउने त्यो मलाई राम्रोसँग थाहा छ।


नबनिर्बाचित अध्यक्ष बस्नेतले आफूलाई चुनावमा हराउन ठूलो शक्ति लागेको तर त्यो सफल नभएको भन्दै पार्टीका आधिकारिक उम्मेदवार लाई अन्तरघात गरेर जसरी हराइएको छ तेसको सत्य तथ्य छानबिन गरि पार्टीले बाहिर ल्याउने बताउनु भयो साथै उहाँले गल्ती गर्ने लाई कदापि छुट हुदैन कारबाही हुन्छ कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सभापति शंकर डाङ्गीले गाउँ पालिकाले एउटा उर्जावान अध्यक्ष पाएको छ अब शान्तिनगरमा बिकासले फटको मार्नेमा आफू बिस्वस्त रहेको बताउनु भयो साथै उहाँले पार्टीका आधिकारिक उम्मेदवारहरु का विरुद्ध लाग्ने लाइ कारबाही हुने पनि उहाँ ले बताउनु भएको छ।कार्यक्रममा नबनिर्बाचित उपाध्यक्ष प्रेमा बुढाथोकी के सि , शान्तिनगर पार्टी सभापति झलक के सि , वडा नम्बर तीन बाट निर्बाचित वडा अध्यक्ष मीन बहादुर के सि, चार नम्बर वडा बाट पराजित वडा अध्यक्षका प्रत्यासी चेत बहादुर डाङी, पाँच नम्बर वडाका निर्बाचित अध्यक्ष ओपेन्द्र रावत र सात का अध्यक्ष तारा बहादुर ओलिले पनि कोणसभा लाई सम्बोधन गर्नु भएको थियो। बिजयी ¥याली शान्तिनगर चिराघाट बाट सुरु भै पातेटाकुरा,जुम्लेकुला हुँदै बाघमारे,कासिपुर,खैरेनी हुँदै रंगैजामा कोणसभामा परिणत भएको थियो।