करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

दाङ, ११ मंसिर ।
दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो।

उनी विगत १० वर्षदेखि दाङमा परिवारसहित बस्दै आएका थिए। स्थानीय तेन्डु चौधरीको उनीहरूले तार लगेर मल्वारे कुलोमा माछा मार्दै थिए। त्यही क्रममा करेन्ट लागेर सुरेशको मृत्यु भएको डिएसपी मल्लले बताए।