जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

तुलसीपुर, २३ भदौ ।
युवा व्यवसायी सैलेन्द्र कुमार ओलीले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प्रांगणको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको व्यवसायी ओलिले बताए ।


किवानिज क्लब अफ तुलसीपुरका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा डिभिजन ५ एलटी गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम गरिएको हो। त्यस अवसरमा १० जनाले रक्तदान गरेका थिए ।