धादिङबाट प्रदेशसभामा कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी

काठमाडौं, ७ मंसिर ।
धादिङ क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनका मदुकुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली कांग्रेसका युवा नेता श्रेष्ठले नेकपा एमालेका रमेश आचार्यलाई १ हजार २९४ मतान्तरले पराजित गरेका हुन् ।

श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत ल्याए । यो क्षेत्रमा धुनिबेसी नगरपालिका, गल्छी र थाक्रे गाउँपालिका पर्छन् । गत स्थानीय निर्वाचनमा धुनिबेसीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुँदा गल्छी र थाक्रेमा एमालेका उम्मेदवार विजयी भएका थिए ।


नेकपा एमालेमा आन्तरिक विग्रह हुँदा पूर्वजिल्ला अध्यक्ष नेत्र पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पौडेलले ४ हजार ६८८ मत प्राप्त गरेका छन् ।