दलित मुक्ती मोर्चा घोराहीमा संयोजकमा अर्जुन

तुलसीपुर
१३ भदौ /
नेपाल दलित मुक्ति मोर्चा घोराहीको संयोजकमा अर्जुन परियारलाई चनय गरिएको छ । आईतबार भएको प्रथम सम्मेलनले परियारको संयोजकत्वमा ५५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । जसको सह–संयोजकमा डिलाराम विक, प्रकाश विक, लक्ष्मी घमाललाई चयन गरिएको छ ।
त्यस अवसरमा माओवादी केन्द्रका जिल्ला सचिबालय सदस्य प्रमोद शर्माको प्रमुख आतिथ्यिमा कार्यक्रम भएको हो । भेलाले १९ वटै वडाको सम्मेलन असोज ५ गते सक्ने र उपमहानगरपालिका स्तरीय सम्मेलन १२ गते गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नकालागि जिल्लाका सहसंयोजकहरु , जिल्ला कमिटिका सदस्यहरु, नगर कमिटिका सदस्यहरुलाई बिभिन्न वडाहरुको जिम्मा तोकिएको छ । घोराही ८,९, १०, ११ र १२ को संयोजन गर्ने गरि जिल्ला सहसंयोजक तथा घोराहीका संयोजक अर्जुन परियार र घोराही सहसंयोजक प्रकाश विकलाई तोकिएको छ ।
जिल्ला सहसंयोजक कमल कुमाखीले संयोजन गर्ने गरि ४, ५, ६ र ७ , जिल्ला सहसंयोजक सुदीप सुनार र जिल्ला सदस्य अमर सुनारलाई १, २, ३ र १९ तथा मोर्चाका जिल्ला कार्यालय सदस्य अनिलराज सेर्पाइली घोराहीका सहसंयोजक लिलाराम विक, जिल्ला सचिबालय सदस्य हिमाल रसायली, घोराही सहसंयोजक लक्ष्मी घमाल र जिल्ला सदस्य राम सेर्पाइलीलाई १३, १४, १५, १६ , १७ र १८ को जिम्मेवारी दिइएको छ ।
बैठकले नगर सम्मेलनकालागि प्रत्येक वडाबाट १५ जना प्रतिनिधि प्रवेक्षक सहभागि बनाउने भएको छ ।
बैठकमा मोर्चाका केन्द्रीय सदस्य राधिका परियार, झबेन्द्र परियार, राजु परियार, प्रदेश सदस्य तथा दाङ संयोजक हिरालाल सुनार ‘सारथी’, प्रदेश कमिटि सदस्य देउमन दमाई, जिल्ला सहसंयोजक कमल कुमाखी, सुदिप सुनारलगायतको सहभागिता रहेको थियो ।