अबिरल बर्षातका कारण लमही क्षेत्र डुबानमा

तुलसीपुर, १९ असोज ।
अबिरल बर्षातका कारण देउखुरी क्षेत्र डुबानमा परेको छ । बडादशैं मनाउने तयारी गरिरहँदा लमही नगरपालिका–६ मा मानव बस्ती डुबानमा परेको हो । जसका कारण त्यहाँका नागकिरहरुको बिचल्ली भएको छ ।

घरहरु डुबानमा परेपछि नागरिकहरु आवश्यक सामानहरु लिएर सुरक्षीत स्थानमा गइरहेका छन् । लमही नगरपालिका वडा नं. ६ स्थित लोटही सोताको पानी बस्तीमा पसेपछि गाउँ डुबानमा परेको हो ।

बाढीले स्थानीय शेरबहादुर बुढाथोकी, मानबहादुर डाँगी, दामोदर पाण्डे लगायतको घर डुबानमा परेको छ । बजार क्षेत्रको सबै पानी लोटही सोतामा मिसाउने गरिएको छ । जसले गर्दा सोतामा पानीको सतह बढ्दा डुबान र कटानको समस्या बल्झिएको हो ।


डुबानको समस्या बढेपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा सुरक्षीत गर्ने काम भएको छ । अझैं केही दिन पानी पर्ने भएकाले सचेत र सजग रहन अपिल गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले सामानहरु सुरक्षित स्थानमा सारेका छन् ।