नागरिक केयरद्वारा होटल ब्यबसायीलाई उपचारमा सहुलियत

तुलसीपुर, ४ चैत ।
दाङको तुलसीपुर स्थित नागरिक केयर हस्टिपटलले होटेल ब्यबसायीहरुलाई उपचारमा सहुलियत दिने भएको छ । तुलसीपुर होटल व्यवसायी समिति र नागरिक केयर हस्पिटल प्रालि तुलसीपुरबीच उपचारमा सहुलियत दिने सहमति भएको हो ।

समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत र नागरिक केयर हस्पिटलका सञ्चालक सुरज ज्ञवाली विच भएको सम्झौता भई ५ देखि २० प्रतिशतसम्म उपचारमा छुट दिने सहमति भएको हो । होटलमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु, होटल सञ्चालक र उनीहरुका परिवारहरु उपचारका लागि परिचय पत्रका आधारमा छुट दिने सम्झौतामा उल्लेख छ ।


विभिन्न विशेषज्ञ देखि अन्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट दिईनेसमितिका सचिव तुफान केसीले जानकारी दिए । उनका अनुसार ब्यबसायीहरुलाई उपचारमा सहुलियत दिनु सकारात्मक कार्य रहेको बताएका छन् । यसले राहात मिल्ने उनको भनाई छ । अस्पतालले बिभिन्न बिशेषज्ञ सेवा दिदै आएको छ ।