डाक्टरमाथि कालोमोसो प्रकरण : हामीलाई ढिला गरि जानकारी आयो, घटनामा संलग्नहरु अहिले जिल्लामा छैनन्

तुलसीपुर
१२ भदौ / जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले अभियुक्तहरु जिल्ला बाहिर भएकाले पक्राउ गर्न समस्या रहेको बताएका छन् ।

साथै घटनाका बारेमा समयमा खबर नहुँदा पनि समयमै पक्राउ गर्न नसिकएको उनको भनाई छ ।‘उहाँहरुले ढिला गरि मात्रै हामीहरुलाई जानकारी दिनुभयो, घटना भएको २ घण्टा पछि मात्रै हामीकहाँ खबर आयो’, उनले भने‘ अस्पतालमै हाम्रा प्रहरी २४ घण्टा खटिएका हुन्छन्, उनीहमरुलाई जानकारी दिनुपथ्र्यो, अस्पतालको हाता भित्रैबाट छोप्न सकिन्थ्यो, तर समयमै जानकारी नदिनु नै शंकाको बिषय बनेको छ ।’

सर्जन परियारसहित ४/५ जनाको टोलीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह माथि कालोमोसो दलेर भागेका थिए ।


अघिल्लो दिन पनि अस्पतालमा हातपातसम्म हुँदा पनि आफूहरुलाई कुनै खबर नआएको पनि प्रहरी उपरीक्षक काफ्लेले बताए ।‘अघिल्लो दिन नै अस्पतालका लेखापालमाथि हातपात भएको रहेछ, त्यो कुरा पनि हामीलाई समयमै जानकारी आएन’, उनले भने‘ समयमै जानकारी दिएको भए सजिलो हुन्थ्यो, अहिले हामले खोजी कार्य जारी राखेका छौं ।’

परियार आज विहान ८ बजेतिर फेसबुक लाइभमा आएका थिए । अस्पतालमा वेथिति देखिएकाले कालोमोसो दल्न बाध्य भएको उनको प्रतिक्रिया थियो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'