वाईसियल तुलसीपुर ८ को अध्यक्षमा केसी

तुलसीपुर
११ भदौ / माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग(वाईसिएलए) तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को प्रथम सम्मेलन भएको छ ।

सम्मेलनले रोमन केसीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


जसको सचिबमा महेन्द्र बाँठा मगरलाई चयन गरिएको छ । वाईसियल दाङका सचिवालय सदस्य हेवेन्द्र शाहीको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो ।

खगेन्द्र वलीको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण भरत वलीले गरेका थिए ।