आजाद् खड्काको उपचारकालागि ४ लाख सहयोग, अझै चार लाख अपुग

तुलसीपुर,५ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी डिल्लीराज खड्का(आजाद) को उपचारकालागि करिब ४ लाख आर्थिक सहयोग संकलन भएको छ । अझै करिब ४ लाख रकम अपुग रहेको खड्काले बताए । उनले आफ्नो आर्थिक अबस्था कमजोर भएकाले सहयोगको सबैमा अपील समेत गरेका छन् ।

गएको बर्ष भदौ १० गते करिब ३ वजे तिर मोटरसाईकलमा काठमाण्डौं जाँदै गर्दा धादिङको गजुरी स्थित जोगिमारा मोडमा दुर्घटना हुँदा उनी घाईते भएका थिए । ग्यास ब्लेटले ठक्कर दिदा घाईते खड्काको ‘ब्रेकल प्लेक्स इन्जुरी’को उपचार गर्न उक्त रकम आबश्यक परेको हो । यस अघि उनले काठमाडौंको न्यूरो अस्पतालमा उपचारको क्रममा २४ लाख बराबर खर्च भइसकेको छ । ब्रेकल प्लेक्स डन्जुरीका कारण उनको दायाँ हातको ‘मोटर पावर’ र ‘सेन्सुरी’ को समस्या रहेको छ ।

अब तत्काल हातमा राखेको रड फुस्किएको र पुरानो रड निकालेर नयाँ रड राख्नु पर्ने छ । त्यसको लागि घरबाटै आर्थिक जोहो गर्ने देखिए पनि हात सञ्चो बनाउन भारतको पानीपथ जिल्लाको हल्द्वानीको बृजलाल अस्पतालमा अप्रेसन गर्नुपर्ने उनले बताए । त्यहाँ अप्रेसन गर्ने, खाने, बस्ने, जाने–आउने खर्च ८ लाख लाग्ने डाक्टरहरुले बताएका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका ५ रामनगर टोल विकास निवासी खड्का आर्थिक अभावमा परि उपचारमा समस्या परेको हो । खड्काको आउने रकम नआएको र अरु रकम घरमा नभए पछि क्रमशः फिर्ता गर्ने गरि सहयोग गर्न अपील गरेका हुन् ।


खड्कालाई NIC asia   बैकको 0655751118949001 खाता नंवरमा सहयोग गर्न सकिन्छ । उनी जनयुद्वमा सहभागी त्यागी एक योद्वा समेत हुन । जनयुद्वमा लागेर धेरै त्यागमा सामेल भएको र आस्थाको राजनीतिमा समेत विश्वास गर्ने पात्र रहेका छन् । खड्काले सहयोगका लागि QR Code समेत उपलब्ध गराएका छन् ।

खड्काले अबको पूरा जीवन निश्वार्थका साथ मानवसेवामा समर्पित गर्ने बताएका छन् । उनी २५ वर्ष निःशुल्क र निश्वार्थ माओवादी आन्दोलनमा समर्पित व्यक्ति हुन । ४१ बर्षका खड्का सामाजिक विषयमा आवाज उठाउदै आएका जुझारु र सशक्त व्यक्ति रहेका छन् । खड्का लामो समयदेखि पत्रकारितामा समेत सामेल व्यक्ति हुन । खड्काको सम्पर्क नंवर 9851280176/9841396423 रहेको छ ।

समाजवादी ज्ञान केन्द्रका अध्यक्ष समेत रहेका खड्काले आफुसंग सल्लाह गरेर संस्थागतरुपमा सहयोगको लागि अभियान समेत चलाएर सहयोग गर्न समेत अपिल गरेका छन् ।