स्थापना दिवसको सन्र्दभमा दृष्टिविहीनलाई खाद्यन्न र आश्रममा बस्त्र

सुशील बस्नेत
दाङ,२० जेठ ।
मानव अधिकार तथा शान्ति समाजले २८ औ स्थापना दिवसको सन्र्दभ पारि दृष्टिविहीन विद्यार्थी र मानव सेवा आश्रममा आश्रित महिलाहरुलाई बस्त्र सहयोग गरेको छ ।

दाङको तुलसीपुर स्थीत दृष्टिविहीन छात्रबासमा बस्दै आएका २१ जना विद्यार्थीहरुका लागि चामल,दाल,तेल,नून,साबुन सेम्पु लगायतका दैनिक उपभोग्य सामान गुरु जजुर उच्च मावि रक्षा चौरका शिक्षक एवम विद्यालयका फोकल पर्सन बिष्णु प्रसाद न्यौपानेलाई शान्ति समाजका कार्यबाहक सभापति कोमल डिसीले हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, शाखाका सदस्य संदीपन रिजाल, शिक्षक बिष्णुप्रसाद न्यौपानेले बोल्नुभएको थियो । उक्त छात्रबासमा २१ जना बालबालिका बस्दै आएका छन् भने दृष्टिविहीन ३६ जना विद्यार्थी गुरु जजुर उच्च मावि रक्षाचौरमा अध्ययन गर्दै आएका छन् । स्थापना दिवसको सन्र्दभमा मानव सेवा आश्रम तुलसीपुरमा आक्षित १९ जना महिलाहरुलाई बस्त्र हस्तान्तरण गरिएको छ ।


समाजका कार्यबाहक सभापति कोमल डिसीले आश्रममा बस्दै आएका १९ जना महिलाहरुलाई साडी धोती लगायतका बस्त्र प्रदान गर्नुभएको हो । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सदस्य तुलसीराम सुनार,आश्रमका संयोजक हिरु जोशी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।

शान्ति समाजले स्थापना दिवसको अवसरमा तुलसीपुर कारागार कार्यालयका कैदीहरुका लागि पुस्तक, रक्तदान,नदि सरसफाई, भ्रष्टाचार विरुद्ध विशेष अन्तरक्रिया,दृष्टिविहीन विद्यार्थीलाई खाद्यन्न, आश्रममा आश्रित महिलाहरुका लागि बस्त्र वितरण गरेको छ । आईतबार दुब्र्यसन विरुद्ध स्कुल केन्द्र्रित कार्यक्रम र बृक्ष सरसफाई कार्यक्रम गर्ने भएको सहसचिब माधव बस्नेतले जानकारी दिनुभयो ।