पार्टि प्रवेश गराउदै पाण्डेले भने -जनताको भविष्य एमालेमै छ

तुलसीपुर, १९ कात्तिक ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले घरदैलो तथा भेटघाट कार्यक्रम जारी राखेको छ । सोहि कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि एमालेमा प्रवेश गरेका छन । शुक्रबार प्रतापकोटमा माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । शनिबार फेरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा भएको घरदैलो कार्यक्रममा पनि पार्टि प्रवेश गरेका छन ।

त्यहा विबेकशिल साझा पार्टिका नेताहरु केपि न्यौपाने,विनोद न्यौपाने, प्रकाश परियार लगायतलाई एमालेका निर्वाचन क्षेत्र नम्बर ३ क प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका छन । उनिहरु राष्ट्रीयता र देशको विकास गर्ने पार्टि भनेको एमालेनै भएको हुदा प्रवेश गरेको बताएका छन ।


यसैविच पार्टि प्रबेश गरेकालाई स्वागत गर्दै उम्मेदवार पाण्डेले एमालेप्रति जनताको भविष्य रहेको बताएका थिए । उनले उत्साहपुर्ण जनताको साथ रहेको हुदा आफुहरु विजयको दिशामा अघि बढेको समेत बताएका थिए । गठबन्धनले जनता माथि महगिँ थुपारेकोले निर्वाचन मार्फत एमालेलाई जिताएर जवाफ दिने बताएका थिए ।

उनले तुलसीपुर उपमहानगरपालिका मार्फत लुम्बिनि प्रदेशमा एमालेले अघि सारेका विकास निर्माणका कामहरु गठबन्धन सरकारले खारेज गरेर जनतामा निराशा पैदा गरेको बताएका थिए । वडा नम्बर ९ को घरदैलामा जनताको उत्साहपुर्ण सहभागीता रहेको थियो । कार्यक्रममा एमाले दाङका उपसचिव कृष्ण भुषाल, जिल्ला सदस्य संगीत बस्याल,नगर सचिव रुप बहादुर खत्रि लगायतको सहभागीता रहेको थियो ।