म यही जन्मेको उम्मेदवार हुँ, आयातित होइन् : मास्की

तुलसीपुर, ६ कात्तिक ।
दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ का उम्मेदवार धनबहादुर मास्की(राजेश)ले आफू पश्चिम दाङमै जन्मेर त्यही हुर्के, बढेको भन्दै यहाँको विकासकालागि प्रतिबद्ध रहेको बताए । उनले आफू अन्य निर्वाचन क्षेत्रबाट टिपेर चुनाब लड्न आएको जस्तो उम्मेदवार नभई यही ठाउँमा हुर्केको बताए ।

त्यसैले पनि पश्चिम दाङको विकासकालागि प्रतिबद्धताकासाथ लाग्ने बताए ।‘म यहीको छोरा, यहीको दाई,भाई हुँ’,उनले भने‘म बाहिरबाट खोजेर ल्याएको ब्यक्ती होईन्, त्यसैले पनि यस क्षेत्रको विकास मैले मात्रै गर्न सक्छु ।’ आफूले पश्चिममा कहाँ के समस्याका बारेमा अबगत नै भएकाले त्यहाँको विकासका लागि प्रतिबद्ध हुने समेत उनले बताए । पश्चिम दाङमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।