यात्रुहरुकालागि निःशुल्क खानेपानी

घोराही, १७ जेठ ।
त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिले यात्रुहरुको सुविधाका लागि दाङका बसपार्कहरुमा निःशुल्क खानेपानीको व्यवस्था गरेको छ । गर्मी बढदै जादा आफ्ना यात्रु र सर्वसाधारणका लागि अक्वा गार्ड सहितको शुद्द खानेपानीको व्यवस्थापन गरेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

प्रालिले घोराहीको बसपार्क,लमहि र भालुवाङमा शुद्द खानेपानीको व्यवस्थापन गरेपछि यात्रुहरु खुसि भएका छन् । हामिले तिस रुपैयमा पानी किनेर खानुपर्ने बाध्यता थियो तर त्रिसिद्देश्वरि यातायातले निःशुल्क खानेपानीको व्यवस्था गरिदिएपछि पैसा पनि बचत भएको छ ।


घोरही बसपार्कमा पानी पिउदै गरेका एक जना सहचालक राजेश वलिले बताए । यथा सक्य छिटो तुलसीपुरको बसपार्कमा पनि खानेपानीको व्यवस्थापन मिलाउन लागेको प्रालिका सहकोषाध्यक्ष बिरेन्द्र खत्रिले जानकारी दिए । खत्रीका अनुसार तुलसीपुर खानेपानी संस्थाको सहयोगमा बसपार्कमा खानेपानीको व्यवस्थापन प्रक्रिया अघि बढेको छ ।