तुलसीपुर,१ कात्तिक ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ का उम्मेदवार धनबहादुर मास्की(राजेश)ले तुलसीपुरमा मेडिकल कलेज स्थापना गर्ने बताएका छन् ।
शान्तिनगर गाउँपालिका वडा नं. १ स्थित पेदिखोलामा भएको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साविक राप्तीलाई केन्द्रमा राखेर तुलसीपुरमा मेडिकल कलेज आवश्यक रहेको बताए । सहज तथा सर्वसुलभ सेवा प्रदानकालागि मेडिकल कलेज आवश्यक पर्ने भन्दै आफूले जितेपछि यसमा पहल गर्ने बताए ।
साथै उनले पश्चिम दाङको विकास बाहेक अरु केही सोँच नभएको समेत बताए । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका उनले पश्चिम दाङ र तुलसीपुर जोडिने तीन वटै सडकको स्तरोन्नती गर्ने समेत बताए ।
लाइभदाङ । १ कार्तिक २०७९, मंगलवार १९:५१ बजे