
दाङ,२५ माघ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् । नेता तथा कार्यकर्ता भेटघाटका क्रममा उपसभापति शर्मा यहि माघको २८ गते घोराही आउन थालेको नेपाली कांग्रेस दाङले जनाएको छ ।
दाङ आउन थालेका उपसभापति शर्माले घोराही उपमहानगरपालिका–१४ मा रहेको बहुउद्देश्य सभागृहमा नेपाली कांग्रेस दाङले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । जिल्ला सचिव योगीका अनुसार कार्यक्रम विहान ११ बजेदेखि सुरु हुने भएको छ ।
उक्त कार्यक्रममा उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले क्षेत्रीय कार्यसमितिसँगै प्रदेशसभा, पालिकादेखि वडा तहमा रहेका कार्यसमितिका पदाधिकारी, सदस्यसँगै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत पार्टीका भातृ तथा शुभेच्छुक संघसस्थामा आवद्धमा नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । उक्त कार्यक्रमलाई उपसभापति शर्मासँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दाङबाट जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा भएका उम्मेदवारले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।



लाइभदाङ । २६ माघ २०८२, आईतवार १४:२५ बजे