सहकारीलाई उत्पादनमा जोडौं : नगरप्रमुख खड्का

तुलसीपुर २९ असोज ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीहरुलाई बचतमात्रै सीमित नभई उत्पादनशील कार्यमा लाग्नुपर्ने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ र १८मा कार्यक्षेत्र रहेको दुधरास बचत तथा ऋण सहकारी संस्थाको दशौ साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खड्काले सहकारीले सहकारीले नेपालमा पछिल्लो समयमा आर्थिक संकटसग जुध्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि खड्काले सहकारीले गरिबी घटाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि आर्थिक समितिका संयोजक एवम वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले सहकारीहरुले अब उत्पादनका क्षेत्र स्वास्थ्य,कृषि क्षेत्रममा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष केशव रिजालको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । सहकारी संस्थामा तीन सय एक सदस्य रहेका छन् । सहकारीले पाँच करोड बढी आर्थिक कारोवार गरेको छ । संस्थाका उपाध्यक्ष धनबहादुर बस्नेतको स्वागत मन्तबाट सुरु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष वीरेन्द्र अवस्थीले आर्थिक प्रतिवेदन र सचिव प्रमोद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।