प्रविधि अनुरुप शिक्षकहरुपनि रुपान्तरित हुनु आजको आवश्यकता : गिरी

दंगीशरण, २० जेठ ।
आजको प्रविधिको युगमा शिक्षकहरुपनि प्रविधि अनुकुलित हुन आवश्यक रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित २ दिने एकिकृत शैक्षिक ब्यबस्थापन सुचना प्राणालि सम्बन्धि अभिमुखिकरण कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।

शिक्षाक्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आईटि र प्रविधिको अनिवार्यता रहेकाले पनि कम्प्युटर नजानेको र आटिमा अनुकुलित नहुने शिक्षकलाइ अब्बल र सफल शिक्षक भन्न नमिल्ने उहाँको भनाइथियो ।

समय र प्रविधिको विकास सङ्गै अबको केहि समयपछी पेपर लेसको जमाना नआउला भन्न नसकिने बताउने अध्यक्ष गिरी आफुहरु नितीनिर्माण र बजेट विनियोजनको ठाउँमा रहेको र शिक्षाको गुणस्तरमा आमुल परीवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका शिक्षकहरुकोनै हुने अध्यक्ष गिरीले बताउनुभयो ।


यस्तै २ दिने अभिमुखिकरण उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद साखा दंगीशरणका प्रमुख विनोद अधिकारीले शिक्षकहरु झष्क मा अप्डेट हुन अत्यन्तै जरुरीरहेको बताउनुभयो ।अब शिक्षाको हरेक कुरा सफ्टवेयरमार्फत हुनेहुदापनि एउटा सानो गल्तीले विद्यार्थी र विद्यालयलाई समेत घाटा तथा नोक्सानिबाट जोगाउन ध्यानपुर्वक सफ्टवेयर सम्बन्धि कुराहरु सिक्न आग्रह गर्नुभयो ।

शिक्षा युवा तथा खेलकुद साखा दंगीशरणका प्रमुख विनोद अधिकारीको अध्यक्षता,तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा अभिमुखिकरणको उद्घाटन गरीएको हो ।

विरेन्द्र माध्यमिक विद्यालय हेकुलिका प्रधानाध्यापक खिमराज खनालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद साखा दंगीशरणका प्राविधिक सहायक उमा केसीले गर्नुभएकोथियो ।