जापानमै रहेका ब्यक्तीले सञ्चालन गरे तुलसीपुरमा कन्सलटेन्सी

तुलसीपुर,१८ साउन ।
दाङको तुलसीपुरमा जापान पठाउनालागि कन्सलटेन्सी सञ्चालनमा आएको छ । उपमहानगरपालिका वडा नंं.५‘ख’ लाइनबाट उक्त कन्सलटेन्सी सञ्चालनमा आएको हो । बुधबारदेखि जापानीज भाषा कक्षा सञ्चालन भएको हो ।

बाहिनी चोक नजिकबाट मानवीया एजुकेशनल कन्सलटेन्सी सञ्चालनमा आएको हो । जापानमै भएका ब्यक्तीहरुले उक्त कन्सलटेन्सी सञ्चालनमा ल्याएका हुन् । युवराज मल्ल, नवराज मल्ल,शिला मल्ल, सन्तोष ढकाल जापानमै छन् । त्यस्तै अहिले नेपालमा देवराज मल्लले उक्त कन्सलटेन्सी सञ्जालन गरिरहेका छन् । उक्त कन्सलटेन्सीको प्रशिक्षकमा मनोज केसी रहेका छन् । अहिले अप्रिल इन्टेककालागि बुकिङ भइरहेको देवराज मल्लले बताए ।